इटहरी । विभीन्न सामाजीक कार्यहरुमा सक्रीय रहदै आएको इसाइ युथ समाज इटहरीले इटहरी क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड दशै सकिनै लागेको समयमा आइतवार इसाइ युथ समाजका युवाहरुले इटहरी क्षेत्रमा भएका फोहोरमैलाको सरसफाइ गरेका हुन । देशव्यापी रुपमा डेङगुको प्रकोप फौलीरहेको समयमा इटहरीलाइ डेङगु संक्रमणबाट जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक संस्थाले जनाएको  छ ।311239301_838266747189842_4924405636825229772_n आफ्नो सहर आफैँ बनाउँ भन्ने मुल नाराका साथ आयोजीत सरसफाइ कार्यक्रममा संस्थाले इटहरीको मुख्य चोक क्षेत्र लगायत संगीत चोक,ट्याङरा पुल लगायतका स्थान सरसफाइ गरेको हो । इटहरी नगर क्षेत्रलाइ आकर्षक बनाउन साथै स्वस्थ जीवनशैलीका लागी सरसफाइ आवश्यक रहेको तर्फ मध्यनजर गर्दै सरसफाइ अभीयान सञ्चालन गरीएको इसाइ युथ समाज इटहरीकी उपाध्यक्ष अकिला राइले जानकारी दिइन । 311149083_1151128432153932_565310277720235118_n

सो सरसफाइ अभीयानमा संस्थाका १ सय ५० जना सहजकर्ताहरुको सहभागीता रहेको थीयो ।