काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन्।

चितवनका दुई क्षेत्र रोजेका लामिछाने कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेमा अझै सम्म खुलाइएको छैन । 

 चितवनमा शुभेच्छुकसँगको परामर्शपछि दिउँसो २ देखि ३ बजेभित्र लामिछानेले मनोनयनपत्र दर्ता गर्ने त्यस पार्टीका नेता दिपक बोहोराले जानकारी दिए ।

 रविले सुरूमा प्रचण्डसँग चुनाव लड्ने भन्दै प्रचार गरेका थिए। प्रचण्ड चितवन छोडेर गोरखा २ मा लड्ने भएका छन्।