इटहरी । इटहरी उपमहानगरपालिकाको आयोजना रहेको नगरस्तरिय स्कुल तथा डोजो कराँते च्याम्पेनशिप प्रतियोगिता सम्पन्न भएको छ ।

  नगरमा रहेका स्कुल तथा डोजोका १६ टिमको सहभागिता प्रतियोगिता अन्तरगत लक्ष्मी डोजो प्रथम , इटहरी कराँते डोजो द्धितिय र शान्तिनगर डोजो तृतिय भएका छन ।   WhatsApp Image 2022-10-02 at 12.51.05

 प्रतियोगितामा २ सय ५० जना महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको र विभिन्न उनीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेको अध्यक्ष दुर्गा वहादुर बुढाथोकीले जानकारी दिए ।WhatsApp Image 2022-10-02 at 12.51.07 (1)

 प्रतियोगिताको उदघाटन इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल र समापन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले गरेका थिए । WhatsApp Image 2022-10-02 at 12.51.06 (1)

दुर्गा वहादुर बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको समापनमा नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज मदन चुडाल , इलका प्रहरी कार्यालय इटहरीका प्रमुख खगेन्द्रबहादुर खढ्का,प्रशिक्षक हरि वहादुर बुढाथोक लगायतको सहभागिता रहेको थियो ।IMG_0256