सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा सम्पन्न विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी भारतका अनाडकट कर्तभ्यले हासील गरेका छन । विराट चेस क्लब सुन्दरहरैचाको आयोजनामा सम्पन्न विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी भारतका अनाडकट कर्तभ्यले हासील गरेका हुन ।

यस्तै प्रतीयोगीतामा भारतकै खेलाडी प्रकाश रामल दोस्रो स्थान हासील गरेका छन भने बङलादेशका इस्लाम खण्डाकर अमीनल तेस्रो हुन सफल भएका हुन । WhatsApp Image 2022-09-25 at 17.57.44 (1)यही असोज ४ गतेबाट नेपाल ,भारत र वंगलादेशका वुद्धिचालका खेलाडिहरु विच प्रतिस्पर्धा हुनेगरी आयोजना भएको उक्त प्रतीयोगीतामा एक सय २० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतीयोगीतामा प्रथम,द्धीतीय र तृतीय हुने खेलाडीहरुलाइ क्रमश रु १ लाख,ट्रफी र प्रमाण पत्र,रु ७० हजार ट्रफी र प्रमाण पत्र साथै रु ५० हजार,ट्रफी र प्रमाण पत्र प्रदान गरीएको थियो । काठमाडौं उपत्यका पछि पहिलो पटक अन्तराष्ट्रिय स्तरका खेलाडीहरु समेतको सहभागितामा यति ठुलो पुरस्कार रासीको प्रतियोगिता पहिलो पटक भएको आयोजकको दाबी छ । WhatsApp Image 2022-09-25 at 17.57.41९ राउण्डमा सञ्चालन भएके प्रतीयोगीतामा विभिन्न विद्यामा ३५ जना खेलाडीलाई ४लाख ६० हजार वराबरको पुरस्कार तथा पदक समेत प्रदान गरीएको थियो ।