सुनसरी  ।   नेपाली  कांग्रेसले सुनसरीका  दुई क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । ४ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । 

क्षेत्र नम्बर  १  बाट पाँच जना र क्षेत्र र २ बाट ३  जनाको नाम सिफारिस भएको छ । कांग्रेस सुनसरी सचिव विरेन्द्र साहका अनुसार क्षेत्र नम्बर ३ बाट निलम्बित सांसद विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ४ बाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको नाम पनि सर्वसम्मत भएको छ । गच्छदार २०४८ सालयता निरन्तर सुनसरी क्षेत्र नम्बर ३ बाट  चुनाव जितिरहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ बाट मिनबहादुर विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । जिल्ला सचिव साहका अनुसार विश्वकर्मासँगै लक्ष्मी खतिवडा, उमेश थापा, मीना  सुब्बा र  चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट  वर्तमान सांसद सीताराम मेहतासँगै प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला र राजीव ढुंगानाको नाम सिफारिस भएको   हो ।  क्षेत्रिय समितिबाट आएको नाम प्रदेश समितिमा पठाइएको सचिव साहले बताए ।