इटहरी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा तेक्वाण्दो रेफ्रिहरुको सेमिनार सुरु भएको छ ।  

   राष्ट्रिय तेक्वाण्दो संघ नेपालको आयोजनामा प्रदेश स्तरीय तेक्वाण्दो रेफ्रिहरुलाई पुर्नताजकीका लागि तीन दिने  सेमिनार सुरु गरिएको हो । 

  पुर्नताजकी सेमिनार उद्घाटन सत्रमा सहभागी राष्ट्रिय तेक्वाण्दो संघ नेपालका सचिव तथा सेमिनारका प्रशिक्षक राकेश कुमार राईले विश्व तेक्वाण्दो संघले तय गरेको निमय अनुसार खेल खेलाउनु पर्ने र दुई वर्ष यता देखि पुनताजकी नगरिएका कारण सेमिनार आवश्यक रहेको वताए । 20220902_101547

नेपाललाई विश्वमा चिनाउन पदक भित्रयाएर तेक्वाण्दो खेलाडीहरुले महत्वपुर्ण योगदान गर्दै आएको भन्दै उद्घाटन कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले खेलकुद क्षेत्रको विकासमा स्थानीय तहले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । उनले इटहरी उपमहानगरपालिकाले पनि खेलकुदका गतिविधिहरुका लागि बजेट विनियोजन गर्दै आएको जानकारी गराए । 20220902_101938

राष्ट्रिय तेक्वाण्दो संघ नेपाल सुनसरीका अध्यक्ष खेमराज कार्कीको अध्यक्षतामा सुरु भएको सेमिनारका विषयमा अध्यक्ष कार्कीले विश्व तेक्वाण्दो संघको नियमहरु परिवर्तन भएकाले गुरुहरु तथा रेफ्रिहरुलाई सोही अनुसार तयार पार्न सेमिनारको आयोजना गरिएको जानकारी दिए । 

हरिवहादुर वुढाथोकीको संयोजकत्वमा सुरु भएको सेमिनार आगामी आइतवार समापन हुने जनाइएको छ । 

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष उमेश सुवेदी , कराते डोजो नगर कमिटि अध्यक्ष दुर्गा बहादुर बुढाथोकी , राप्रपाका इटहरी अध्यक्ष आकासहागं सुब्बा , व्याटमिन्टन संघ सुनसरीका सचिव सुरेश कार्की लगायतका अतिथीहरुको सेमिनार उदघाटन कार्यक्रममा सहभागिता रहेको थियो ।