बिराटनगर, प्रदेश नम्वर १ पाँच बर्षमा पनि नाम नपाउने प्रदेश बनेको छ । अन्य छ बटै प्रदेशको नामाकरण भईसक्दा पनि प्रदेश नम्वर १ को भने नामाकरण हुन सकेन । साउन २२ गतेदेखि स्थगीत भएर आज बसेको प्रदेशसभाको बैठक पछि प्रदेशसभाको जारी १० औ तथा बजेट अधिवेशन अन्त्य गरिएको छ । प्रदेशको नाम सम्वन्धि प्रस्तावनै पेश नगरी अधिवेशननै अन्त्य गरिएको हो । संभवत पाँच बर्षे अवधिको यो नै अन्तिम संसद बैठक हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले भरे राती १२ बजेदेखि चालु अधिबेशन अन्त्य गर्नुभएको हो ।