सुनसरी र सरकारले मंसिर ४ लाई निर्वाचनको मिति तोकेसँगै बुधबार ९आज० बसेको बैठकले क्षेत्र नं। २ ९क० ले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नाम सिफारिस गरेको हो ।  सभापति सुबेक्छु देवान राईका अनुसार बुधबार महाधिवेशन प्रतिनिधिसहित बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ ।  जसअनुसार राजीव ढुंगाना, राजीव कोइराला र सीताराम मेहता छन् ।
ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् ।  यस्तै, कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् भने मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री हुन् ।  समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।
राई पूर्व केन्द्रीय सदस्य हुन् भने कार्की इटहरीका पुराना नेता हुन् ।  यस्तै, प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।  पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।  यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।
उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।  चौधरी ०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं। २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।  उनी हाल महाधिवेशन प्रतिनिधि पनि छन् ।  समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ ।