इटहरी । ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै सुनसरीको प्रकासपुरमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ५सय वढीले सेवा लिएका छन । इटहरी नमुना कलेजले वराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको डोवर इङ्लिस बोर्डिङ् स्कुलमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा स्थानीय ५ सय जना बढीले उपचार सेवा लिएका हुन । शिविरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० का सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए । 

शिविरमा आँखा ,दाँत , फिजिसियन, प्याथोलोजी र सुगर सम्बन्धी उपचार सेवा  नि;शुल्क रुपमा प्रदान गरिएको थियो । कलेजले आयोजना गरेको स्वास्थ्य शिविरले समाजप्रतिको कलेजको उत्तरदायित्व भूमिका र आम सर्वसाधरण जनताले आफ्नो स्वास्थ्यप्रतिको सजगतालाई थप मजबुत बनाउने अवसर पाएको कलेजका बिएसडब्लु कार्यक्रमका विभागिय प्रमुख नितेश गौतमले बताए ।

शिविरमा इन्खा एकिकृत अस्पताल,पुर्वान्चल डेन्टल हस्पिटल, इटहरी आँखा अस्पतालको  सहकार्य रहेको थियो । उक्त स्वास्थ्य शिविरमा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, वाड न १० का वडाध्यक्ष तेज गुरुङ् लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।