विराटनगर/ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपाङ्गता भएका व्यक्तिकालागि सरकारले संविधानमा लेखिएअनुसार कार्यान्वयन गराउने बताएका छन । आइतबार सामर्थ्य समाज विराटनगरद्वारा लिखित अपिलपत्र बुझ्दै मन्त्री कार्कीले अपाङ्गता भएकाहरूको हक र अअपाङ्गताका अधिकार स्थापित हुनेछन् ः मन्त्री केदार कार्की ।धिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन । संविधान जारी भएपछि पनि अझै मुलुकमा राजनीति स्थिरता पैदा नभएको बताउँदै मन्त्रीकार्कीले सबैको पहलमा अधिकारहरुको कार्यान्वयन हुने बताउँदै मन्त्री कार्कीले हरेक व्यक्तिमा फरक क्षमता रहने उल्लेख गर्दै, अपाङ्गता भएका व्यक्तिहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको बताएका छन । 

अपाङ्गता भएका व्यक्तिहरूका हक, हित तथा अधिकार सुनिश्चितताका क्षेत्रमा काम गर्दै आएको समाजले प्रदेश स्तरीय नीति नियम तथा कानून निर्माणमा अनिवार्य पहुँचयुक्त सहभागिता गराइनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ पूर्ण रूपमा कार्यान्वयन गराइनुपर्ने, मन्त्रालयमा सहायता कक्ष स्थापना गरिनुपर्ने, पहुँचयुक्त भौतिक संरचना निर्माण गर्नुपर्ने लगायतका सात बुँदे माग सहित अपिल पत्र बुझाएको हो ।