केही दिन अघि मात्र इटहरीमा खुलेको दाँत उपचार केन्द्र लोक सेवा डेन्टल क्लिनिकमा उपचार सेवा लिन आउनेहरुको संख्या वढ्न थालेको छ । विगत चार वर्ष यता देखि विराटनगरको बरगाछीमा दाँत तथा मुखको उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनिकले केही दिन अघि मात्र इटहरी शाखा सञ्चालनमा ल्याएको हो । लोक सेवा डेन्टल क्लिनिकले आफनो शाखा विस्तारसंगै उपचार सेवा दिन थालेपछि इटहरी तथा आसपासका क्षेत्रमा यसको लोकप्रियता वढ्न थालेको छ । विराटनगरमा उपचारका लागि जाने सेवाग्राहीहरुको मागका कारण इटहरीमा समेत शाखा सञ्चालनमा ल्याएको वताउने लोक सेवा डेन्टलको उपचार सेवा आफुलाई मन परेको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले वताए । भर्खरै खुलेको रहेछ तर सेवा राम्रो लाग्यो भन्दै नगरप्रमुख पौडेलले अरुलाई पनि लोक सेवा डेन्टलमै उपचारका लागि जान सुझाव समेत दिएका छन । 

लोक सेवा डेन्टल क्लिनिकले यही भाद्र १ गतेबाट इटहरीमा शाखा सञ्चालनमा ल्याएर उपचार सेवा प्रदान गर्दै आएको छ  ।