विराटनगर ।  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं . ३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । क्षेत्र नं. ३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको हो ।


सो अवधिमा २ हजार ८ सय ७२ जनाको रक्त परीक्षण, २ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ । यता, एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ बिरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । बिरामीहरूलाई अस्पताल ल्याउने र पुर्‍याउने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएको छ ।