इटहरी । व्यवसायीक क्षेत्रमा मात्र नभइ सामाजीक कार्यका क्षेत्रमा समेत युवा उद्यमीहरुको सक्रीयता बढ्दो छ । समाजका आवश्यकता परीपुर्ती गर्न युवा उद्यमीहरु सक्रृय भुमीकामा देखीन थालेका छन । जसको पछिल्लो उदाहरण हो युवा व्यवसायीहरुद्धारा इटहरीमा आयोजीत रक्तदान कार्यक्रम । dsfdgf


पछिल्लो समय उद्यमी युवा व्यवसायीहरु व्यवसायीक क्षेत्रमा मात्र नभइ सामाजीक कार्यका क्षेत्रमा पनि सक्रिय रहन थालेका छन । व्यापार व्वसायमा सधै व्यस्त रहेने युवा व्यवसायीहरु आफ्नोे समय सामाजीक कार्यको लागी पनि छुट्याउन थालेका छन । कहिले आर्थीक रुपले विपन्न वर्ग,वेसहारालाई सहयोग गर्न उनीहरु तल्लीन रहन्छन भने कहिले श्रमदान गर्न पनी तत्पर रहन्छन । युवा व्यवसायीहरुले आफ्नो साझा संगठन बनाएर सामुहिक रुपमै विभन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन ।  व्यवसायीक क्षेत्रमा आवद्ध भएका  ४० वर्ष सम्मका युवाहरुलाइ समेटेर विभीन्न सामाजीक गतीविधीमा सक्रृय रहदै आएका युवाहरु नेपाल युवा उद्यमी मञ्चमा आवद्ध छन । समाजको आवश्यकता पहिचान गरी आफुहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएको युवा उद्यमी शन्तोष आचार्यले बताए ।fhggj

सामाजीक गतिविधी सगै धार्मीक गतिविधी मा पनी युवा उद्यमीहरु सक्रृय रहदै आएका छन  । सामाजीक गतीविधीलाइ नीरन्तरता दिन कृष्ण जनअष्ठमीको अवसर पारेर इटहरी स्थित मुक्तीधाम मन्दीरमा युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्यमी मञ्च तथा रोटेरी क्लव अफ इटहरी युगलको संयुक्त आयोजना तथा रक्तसञ्चार केन्द्र धरानको प्रावीधीक सहयोगमा रक्तदान कार्यक्रम गरीएको छ । रगतको अभावलाइ मध्यनजर गर्दै रगत संकलनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको रोटेरी क्लव अफ इटहरी युगलका अध्यक्ष विनोद पौडेलले जानकारी दिए ।WhatsApp Image 2022-08-19 at 6.34.54 PM

यस्तै नेपाल युवा उद्यमी मञ्चले यो साता भरीमा राष्ट्रिय स्तरमा ७ स्थानमा विभिन्न साखाबाट रक्तदान कार्यक्रमको आयोजना गरेको युवा उद्यमी आकाश दुलालले बताएका छन । 

यसरी विभीन्न पेशा व्यवसायमा आबद्ध व्यक्तीहरुले समाजमा आइपर्नसक्ने समस्या तर्फ मध्यनजर गर्दै संस्थागत रुपमै सामाजीक समस्या न्युकरणतर्फ पहलकदमी गर्नाले सामाजीक समस्याले समाजमा पार्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावलाइ समयमै न्युनीकरण गर्न सहज हुने देखीन्छ ।