विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन । पाँच जना दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ चिकित्सकहरुले सञ्चालनमा ल्याएको क्लिनिक  नयाँ प्रविधियुक्त रहेको सञ्चाक डा. पवन मेहताले जानकारी दिए । उनले  सेवाग्राहीको माग अनुसार पुर्व पश्चिम सवै तिरलाई पायक पर्ने गरी इटहरीमा क्लिनिक सञ्चालनमा ल्याएको समेत वताए । वाइट ः डा .पवन मेहता सञ्चालक लोक सेवा डेन्टल क्लिनिक

इटहरीमा सञ्चालनमा ल्याइएको डेन्टल क्लिनिकमा सवै विशेषज्ञहरुले सेवा प्रदान गर्ने समेत जनाइको छ । डेन्टल क्लिनिकको शाखाा ५० लाखको लागतमा सुरु गरिएको पनि उदघाटनका क्रममा जानकारी गराइयो ।