मोरगं । विद्यार्थीको आँखाको  स्वास्थ्यलाई मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा नगरपालिकाका  चार वटा विद्यालयहरुमा   आँखा परिक्षण शिविर आयोजना गरिएको छ  ।

नगर बाल सञ्जाल सुन्दरहरैचा र लायन्स क्लव अफ बासबारीको संयुक्त आयोजनामा सुन्दरहरैचाका श्री मावि ,शिक्षा निकेतन ,ज्योति स्कुल र टेन्डर फिट बोर्डिङ स्कुलमा आँखा परिक्षण शिविर सञ्चालन गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठनमा आँखाको समस्या भएमा कठिनाई हुने तर्फ मध्यनजर गर्दै आँखा स्वास्थ्यमा ध्यान दिदै आँखा परिक्षण शिविर सञ्चालन गरिएको नगर बाल सञ्जाल सुन्दरहरैचाका अध्यक्ष आषिश सुन्दासले वताए ।

योगदान रास्ट्र नेपालको सह आयोजना रहेको आँखा परिक्षण शिविरमा नव दृस्टि आँखा अस्पतालको प्राविधिक सहयोग रहेको  थियो ।296210482_453698916619609_1583970794353818018_n 1

आँखा परिक्षण शिविरमा  ४ सय ६० जना बढी विद्यार्थीहरुको आँखा जाँच गरिएको नगर बाल सन्जालका सचिब पुजा न्यौपानेले जानकारी दिइन । आँखा परिक्षण शिविर नगर बाल संजालका  अध्यक्ष  सुन्दास को सभापतित्व तथा सुन्दरहरैचा नगरपालिका  वडा नम्बर  ४ वडाध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

आँखा परिक्षण शिविर समापन कार्यक्रममा लायन्स कल्ब अफ बलियाका अध्यक्ष रचना राई,टेन्डरफिट बोर्डिङ स्कुलाका प्राध्यानाध्यापक ऋषिराज रेग्मी , नगर बाल संजाल संरक्षक  सुशील सुवेदी  योगदान रास्ट्रका अध्यक्ष संयोग  ढकाल , लियो कल्ब अफ बासबारिका उपाध्यक्ष बिप्लब कोइराला ,नव दृष्टि अस्पतालका चिकित्क्षक अर्जुन माझी  लगायतको उपस्थित रहेको थियो ।