खोटाङ / गाउँ गाउँमा सिंहदरबारको प्रत्याभूत गराउनका लागी खोटेहा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष जेफर राईले  टोल टोलमा समाजिक सुरक्षा भत्ता बितरण गरेका छन् । 
नवनिर्वाचित वडाध्यक्ष राईले संघीयता आएको लामो समय भए पनि सामाजिक सुरक्षा भत्ताको लागी  ज्येष्ठ नागरिकहरूले  हैरानी खेप्न बाध्य हुने गरेको कुराइ मध्यनजर गर्दै टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण गर्नुभएको हो । 
पारदर्शी बनाउनका लागी स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत भुक्तानी गर्ने व्यवस्था गरे पनि ज्येष्ठ नागरिकहरू बैङ्कसम्म पुगेर दिनभरि लाइनमा बस्न बाध्य हुने गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै वडाअध्यक्ष राईले टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण  गर्नुभएको हो । 
बडामा वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गहरूका लागि बैंकिङ प्रणाली असहज भइरहेको छ । गाडीको सुविधा नहुँदा सकीनसकी हिँड्न बाध्य थियो तर, वडाध्यक्षको पहलमा घरमा नै भत्ता आएपछि भत्ता पाउनेहरू खुसी भएका छन्। 
राईले भन्नुभयो वडा अध्यक्ष सहित पाँच जना जनप्रतिनिधीहरु र्छौ । वडा सचिव, कार्यालय सहायक पनि छन् । स्थानीय सरकारले गाउँमा सिंहदरबार आएको आभास दिलाउनका लागी आफू नभ्याएको खण्डमा टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा सदस्यहरूलाई परिचालन गर्ने बताउनुभयो । 
२८ वर्षीय वडाध्यक्ष जेफर राई देशभरीकै राजनीति क्षेत्रमा लागेका कान्छो राजनीतिकर्मीमा पनि गनिन्छन् ।