काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले ) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएकोदेशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरेका हुन् ।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो । प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नु भयो ।

ओलीले भने, ‘मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्तिहरू, ती हितहरूका संवाहक शक्तिहरू, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दैछन् । आज हाम्रो देशमा तथा कथित जुन गठबन्धन भन्ने देखा पर्‍यो ।  उसका लागि अहिले नै समृद्धि छदै छ नि ।  उनीहरूको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवी वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन वञ्चित छन् । निरपेक्ष गरिबिको रेखामुनि छन् । अथवा रोजगारीको अवसरबाट वञ्चित छन् । अथवा जीवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट वञ्चित छन् । सहज जीवन जिउन सकिरहेका, पाइरहेका छैनन् । तीनका निम्ति समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकाङ्क्षा आवश्यक छ । 

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको पनि बताउनु भयो । मजदुरहरूको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाई थियो ।