काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

 २३ जना निको भएर डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।