काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय २४ जनाको नमूना परीक्षण गर्दा । १ हजार ५ सय ४९ जनाको पीसीआर र १ हजार १ सय ७५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो  २४ घण्टामा कोरोनाका कारण  मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।