विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालकाे नाम दुरुपयाेग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ ।

कोशी अस्प्तालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारवाही गर्न प्रशासनलाई पत्र काटेको हो ।

निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो  आएपछि अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुसन्धान गरी कारवाहीका लागि पत्र पठाएका हुन् ।

असार १९ गते मेसुले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ  ।