धरान । स्वास्थ्य उपचार सेवाका लागि सवैको पहुँच पुर्याउने उद्धेश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा दिदै आएका स्वास्थ्य संस्थाहरुले बीमितहरुको उपचार गरे वापतको रकम भुक्तानी नपाएको भन्दै धमाधम बीमा अन्तरगतका सेवाहरु स्थगन गर्ने क्रम बढेको छ । यही क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि आगामी २० गते बीमा अन्तरगतका कुनै पनि सेवा दिन नसक्ने भन्दै सुचना जारी गरेको थियो । प्रतिष्ठानको सुचनापछि पुन बीमालाई निरन्तरता दिने विषयमा स्वास्थ्य बीमा बोर्ड र प्रतिष्ठान विच छलफल सुरु भएको छ 

 वीमा बोर्डले बीमा बापतको  रकम भुक्तानी नदिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही असार २० बाट वीमा अन्तरगतका सेवाहरु स्थन गर्ने  सूचना जारी गरेको थियो ।  प्रतिष्ठानको सुचनापछि चौतर्फी रुपमा बीमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने माग उठ्न रहेको थियो यसै विच स्वास्थ्य वीमा बोर्डले पुन बीमा कार्यक्रमलाई निरन्तरता दिने विषयमा चासो देखाएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिदै  बीमा अन्तरगतका सेवाहरु सुचारु गर्न बीपी प्रतिष्ठान र वीमा बोर्ड बीच छलफल भएको छ । स्वास्थ्य उपचारमा नागरिकलाई सहज बनाउन  नेपाल सरकारले सञ्चालन गर्दै आएको बीमा  कार्यक्रम सुचार गर्न दवाव बढी रहेको समयमा  दुई पक्षबीच छलफल भएको छ  ।

छलफलका क्रममा दुवै पक्ष बीच बीमा कार्यक्रमलाई निरन्तरता दिने विषयमा सकरात्मक कुरा भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी सदस्य चन्द्र थापाले जानकारी दिए । प्रतिष्ठानमा उपचारमा आउने विरामीलार्ई गुणस्तरीय सेवा गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ ब्यवस्ति बनाएर लैजाने विषयमा समेत छलफल भएको थापाले वताए  ।

बीमा बोर्ड र प्रतिष्ठान बीच रहेको कतिपय अन्योैलतालाई चिर्दै बीमितहरुको हितका लागि बीमा कार्यक्रमलाई निरन्तरता दिने विषयमा  दुवै पक्ष सकारात्मक भएको प्रतिष्ठानका अस्पताल प्रशासन महाशाखाका प्रमुख अशोक कुमार साहले वताए  ।

स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले विमा वापतको रकम भुक्तानी नदिएको विषयलाई लिएर सेवा रोक्ने सूचनाप्रति आफूहरुको ध्यानाकर्षण भएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईले वताएछन ।

छलफलका क्रममा प्रतिष्ठानलाई बीमा बापतको रकम दिन ढिला भएको  दुवै पक्षले स्वीकारेका थिए । बीमा कार्यक्रम प्रतिष्ठानमा सञ्चालन भएपछि पछिल्लो समयमा प्रतिष्ठानमा उपचारका लागि आउने ७० प्रतिसत विरामीहरु बीमा अन्तरगतमा हुने गरे थिए ।

गत सोमबार प्रतिष्ठानले  सुचना जारी गर्दै स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वीमितहरुलाई दिदै आएको सबै सेवा यही असार २० गतेदेखि स्थगन गर्ने जानकारी दिएको थियोे । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले जारी गरेको सुचनामा वीमा बोर्डबाट दाबी गरे अनुसार पाउनु पर्ने रकम नपाएकोले सेवा दिन नसकिने उल्लेख गरिएको थियो ।