उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को क्षेत्रमा करोडौंका योजनाहरु परेका छन् । 

प्रदेश सरकारले करोडौंका योजनाहरुका लागि बजेट छुट्याएको हो । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका लागि सिटी स्क्रानका लागि ४ करोड, किराँत राई भवन निर्माण उर्लाबारीका लागि ३०लाख, किरातेश्वर सामुदायिक भवन मिक्लाजुङमा ३०लाख, नमुना वाल विकास केन्द्र उर्लाबारी-७ मा २० लाख, उर्लाबारी यायोक्खा भवन निर्माणमा १५ लाख, गोदार थापा समाजसेवा सामुदायिक भवन उर्लाबारी-३ मा १५ लाख, मंगलबारे धानखेती साम्लिग आइतबारे सडक मोरङमा २५ लाख,  आइतबारे मलामीघाट चोकबाट  बहादुर स्कुलसम्म जोड्ने सडक उर्लाबारी-४ मा २५ लाख, खाबे झोडा स्कुलबाट साखारे वडा कार्यालय जोड्ने सडक मिक्लाजुङ ६ र २ मा २५ लाख, किसान चौक टाँडी आईतवारे रबि सडकमा ३ करोड, आईतबारे झाँरसादी हुँदै टाँडी मधुमल्ला जोड्ने सडकमा ४० लाख, नुनसरी खुडी पर्यटन पूर्र्वाधार निर्माण मिक्लाजुङ २ मा १० लाख, सरस्वती भवन किर्तन मण्डल उर्लाबारी-४ मा १५ लाख, गुरु गोरखनाथ मन्दिर सामुदायिक धर्मशाला निर्माण उर्लाबारी ३ मा १० लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै,  भ्याल श्रेष्ठ वंसज उत्थान प्रतिष्ठान नेपाल पूर्वाधार निर्माण उर्लाबारी-१ मा २० लाख, धिमाल जातिको पूर्वाधार निर्माण उर्लाबारी-६ मा १० लाख, बेतिनी सोल्टी खोला नियन्त्रण कार्य उर्लाबारी-२ मा १२ लाख, देवयानी खानेपानी सावित टाँडी-८ मा ३० लाख, तिल्केनी खानेपानीमा २५ लाख,राजघाट खानेपानीमा ५ लाख, वक्राहा खैदुगसरा सिंचाई आयोजना उर्लाबारी-८ मा १५ लाख, लक्ष्मीझार खानेपानीमा ३० लाख, लालमाटी खाकरवारी खानेपानीमा ३० लाख, मावा पुच्छरटोल खानेपानीमा २५ लाख, कालिदह खानेपानी टाँडीमा १५ लाख, मधुमल्ला ट्यूवेल सिंचाइ प्रणाली मिक्लाजुङमा २५लाख, बेतेनी बक्राहा पैनी निर्माण उर्लाबारीमा ५ लाख, सिंचाइ कुलो रचनाटार मिक्लाजुङ-२ मा १० लाख, खयर भट्टी बिहिबारे पैनी निर्माण उर्लाबारी-२ मा ६ लाख, विकासे वस्ती नदी नियन्त्रण उर्लाबारी-१ मा ८ लाख, किसान चौक पश्चिम सोल्टी खोला तटबन्धन उर्लाबारी-४ मा ८ लाख, नुनसरी खोला रचना बाझोखेत तटबन्धन मिक्लाजुङ-२ मा २५ लाख, रचना स्कुल उत्तर साखारे खोला तटबन्धन  मिक्लाजुङ-२ मा २५ लाख, डिप वोरिङ्ग लिफ्टिङ्ग खानेपानी योजना मिक्लाजुङ-२ रचनाटार मा १५ लाख, देवीथान खानेपानी मिक्लाजुङ-२ मा १७ लाख, शान्तिटोल खानेपानी मिक्लाजुङ-७ मा ५ लाख, वडहरे खानेपानी मिक्लाजुङ-३ मा १२ लाख ८० हजार, राजघाट खानेपानीमा १२ लाख, लालमाटी खाकरबारी खानेपानीमा  ५ लाख, देवयानी खानेपानी टाँडीमा ५ लाख छुट्टिएको छ ।