काठमाडौँ । नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

 स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै एमालेले आग्रह गरेको थियो । 

प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन हुने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ।