उर्लाबारी । मोरङको उर्लाबारी मंगलबारेमा रहेको सालबारी एकता क्लवको अध्यक्षमा विजय माझी निर्विरोध निर्वाचित भएका छन् ।

उर्लाबारी २ र ३ मा संयुक्त रुपमा रहेको क्लवको दोस्रो चुनावी साधरण सभाबाट अध्यक्षमा विजयी माझी निर्वाचित भएका हुन् ।

फुटवल खेल सग जोडिएका माझी उर्लाबारीमा कुनै समय राम्रो कुशलता भएका खेलाडीका रुपमा चिनिएका व्याक्तिहुन् । उनले उर्लाबारीको प्रतिनिधित्व गर्दै नेपालको ए डिभिजन क्लव सम्मको यात्रा तय गरेका थिए ।

माझी सगै क्वलको उपाध्यक्षमा दिपक धिमाल, सचिव सुजित सिंह राजपुत, सहसचिव संजोग थापा, कोषाध्यक्ष योगेन्द्र थापा पदाधिकारी रहेका छन् भने सदस्यहरुमा सुजन थापा, रेश बहादुर कटवाल, जिवन थापा, सुनिता बानिया, मनिषा पौडेल, तिलादेवी खतिवाडा, खड्ग बहादुर थापा र प्रदिप दहाल रहेका छन् । 

287276185_355935996643615_3632928501355380802_n

हाल १ सय ११ सदस्य रहेको क्लवको सदस्यतालाई विस्तार गर्दै नवनिर्वाचित अध्यक्ष माझिले क्लवले आगामी दिनमा फुटवल खेलको विकास सगै सामाजिक कार्यहरुलाई हातेमालो गर्दै अगाडी बड्ने बताए  । 

कार्यक्रममा उर्लाबारी वडा नम्वर-२ का अध्यक्ष राजन कुमार कडेल, वडा नम्वर-३ का अध्यक्ष भिष्मराज बुढाथोकी लगाएतले नवनिर्वाचितलाई शुभकामना दिदै क्वलको विकास र गतिशिलतका लागि भरपुर सहयोग गर्ने बताए ।