चतरा / वराहक्षेत्र नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयले शनिवार नगर कार्यपालिका सदस्य पदकालागि निर्वाचनको मिति तय गरेको छ। 

कार्यालयले बुधवारबाट निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो। बुधवार मतदाता नामावली प्रकाशन गरेको निर्वाचन कार्यालयले बिहीबार उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचित महिला, दलित वडा सदस्यहरूबाट ५ जना र बाहिरबाट दलित वा अल्पसंङख्यवाट ३  जना सहित ८ जना सदस्यकालागी १४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलहरूले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन् भने नेकपा एमाले पनि उम्मेदवार दर्ता गरेको छ ।
गठबन्धनको स्पष्ट बहुमत रहेको नगरपालिकामा दलित वा अल्पसंङख्यमा गठबन्धनबाट नेपाली काँग्रेसले पङ्कज महतो, माओवादी केन्द्रमा रत्न रम्तेल र नेकपा एकीकृत समाजबादिबाट सुस्मा माझिले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट दिपनारायण उराँऊ र शान गजमेर उम्मेदवार बनेका छन् । त्यस्तै वडा सदस्यहरूबाट नगर कार्यपालिका सदस्यमा गठबन्धनबाट दुर्गा राई, नबिना बिक, भगवती कटुवाल (खड्का), मालती विश्वकर्मा र बिष्णुमारी विष्ट उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट अमिना राई, पलटी धामी, मेनुका लिम्बू र सृजना परियारले उम्मेदवारी दर्ता गराएका छन्।
मेयर, उपमेयर र ११ जना वडाध्यक्ष सहित ५७ सदस्य मतदाता रहेको वराहक्षेत्र नगरपालिकामा २४ जना नेकपा एमालेका र गठबन्धनसँग ३३ जना सदस्य रहेका छन् ।