काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् । सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

करिब एक सातादेखि काठमाडौँको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली आज बिहान सिसडोल पुगेको थियो । ‘एक सातामा दुर्गन्धमुक्त हुने गरी केमिकलको व्यवस्था गर्छौँ । कुहिने र नकुहिने फोहोर छुट्याएर मल र ग्याँस बनाउन सुरु गरिनेछ,’ बालेनले भने ।

सिसडोलबासीले आफ्ना मागहरू पूरा नभएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । मेयर बालेनले फोहोर व्यवस्थापनमा रोक नलगाई सहजीकरण गरिदिन आग्रह गरेका छन् ।