नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश , ओलीमा रुढीवादी, बुर्जुवा र अराजकतावादी प्रवृत्ति देखा परेको बताएका छन् । विप्लव समूहको उदयपुरमा बसेको केन्द्रीय समितिका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमार्फत विप्लवले बास्तोला र ओलीलाई पार्टी फुट  आरोप लगाएका हुन्। 

स्थानीय तहको चुनावलाई बुझ्ने क्रममा सुदर्शन र कञ्चनमा रुढीवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखापर्यो ।’ प्रेस वक्तव्यमा विप्लवले भनेका छन्, ‘देशको श्रमिक जनताको नेतृत्व गर्ने सर्वोच्च निकाय राष्ट्रको जिम्मेवारी सम्हाल्ने संवेदनशील परिस्थितिमा अति अनुउत्तरदायी विचलन देखा पर्नु निकै दुःखदायी कुरा हो । यो विचलन व्यक्ति विशेष मात्रै नभएर  अवैज्ञानिक विचारको अभिव्यक्ति हो । यो विचार वस्तु र चेतना बीचमा पैदा भएको  अवैज्ञानिक विचारको पतन हो ।’ बास्तोला र ओलीमा लामो समयदेखि आर्थिक, संगठनात्मक राजनीतिक विकृतिहरु मौलाउन थालेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीबाट अलग भएपछि उनीहरुले एकीकृत क्रान्ति विरुद्ध शतप्रतिशत भ्रामक झुटा प्रचार गरेका छन्।  वैज्ञानिक समाजवाद विरुद्ध सञ्चालन भएका अनेकौ षड्यन्त्रको हिस्सा बन्न पुगेका छन् ।  विप्लवले उल्लेख गर्दै भनेका छन् ‘ सुदर्शन र कञ्चनसँग गएका कमरेडहरुलाई फर्काउने निर्णय भएको छ ।