उर्लाबारी । नेपाली कांग्रेस प्रदेश-१ का सहमहामन्त्री खड्ग फागोले काँग्रेस नेता कृष्णप्रसाद सिटौला र  काँग्रेसका महामन्त्री एबं युवा नेता गगन थापासँग भेटघाट गरेका छन् ।

भेटका क्रममा सहमामन्त्री फागोले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश र संघीय निर्वाचनका बारेमा बारेमा छलफल भएको जनाइएको छ ।

साथै उनले भेटघाटका क्रममा मोरङ क्षेत्र नम्वर-१ मा भएका समस्या र सोको समाधानका बारेमा पनि छलफल भएको बताइएको छ । 

नेता फागोले स्थानीय तहको निर्वाचनमा प्रदेश नं. १ मा भएका गतिविधिका बारेमा पनि नेता द्वयलाई जानकारी गराएको बुझिएको छ ।