इटहरी । जुनियर इटहरी नगर स्तरीय कराँते डोजो च्याम्पेनशिपका विजयी खेलाडीहरुलाई एक कार्यक्रम विच पुरस्कार वितरण गरियो ।

   इटहरी उपमहानगरपालिकाको आयोजना तथा कराँते इटहरी नगर कमिटिको सहआयोजनामा सम्पन्न भएको प्रतियोगिताका खेलाडीहरुलाई पुरस्कृत गरिएको हो ।

  कराँतेका दक्ष खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने लक्ष्य सहित इटहरी क्षेत्रका कराँतेका विभिन्न इभेन्टहरुमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराउने क्रम अन्तरगत सञ्चालित जुनियर इटहरी नगर कराँते डोजो च्याम्पेनशिपमा लक्ष्मि डोजो प्रथम , मकालु डोजो दोस्रो र आयोजक टिम तेस्रो भएका थिए ।284230189_583730566716174_4835148132285137762_n

विजयी डोजो र खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले शिल्ड तथा प्रमाण पत्र सहित पुरस्कृत गरियो । प्रतियोगितामा ८वटा डोजोका २सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।281568337_733785441214178_1305599299718803890_n (1)

प्रतियोगिता २० केजी तौल समुह देखि लिएर ६० केजी तौल समुह सम्मका महिला र पुरुष समुहका खेलाडीहरु आआफनो समुहमा प्रतिस्पर्धा गरेका थिए भने एकल काता पनि समावेश गरिएको कराते डोजो नगर कमिटि अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले जानकारी दिए ।284003863_2110676749099677_8535240087795291346_n

  कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वडा नम्बर  ७ का वडाध्यक्ष राज कुमार चौधरी ,  कराते इटहरी नगर कमिटिका सचिव समिर राज पोखरेल , इटहरी ७ कराते कमिटिका अध्यक्ष नवराज रिजाल ,पुर्व कराते  खेलाडि तथा प्रसिक्षक किरण सुब्बा ,केशब श्रेष्ठ , बिकाश चौधरी ,रुद्र वी.क लगायतलाई सोही अवसरमा सम्मान गरियो ।