जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने होयन । चिन्तन त्यो हो जुन तपाइँको प्रगती र सफलतासँग सम्बन्धित हुन्छ । तपाइँले कस्तो चिन्तन गर्ने भन्ने सबैभन्दा महत्वपूर्ण समय मानिन्छ राति सुत्नु देखि विहान उठ्ने विचको समय ।

उठ्नु अघि विचार गर्नु पर्ने ३ कुरा

१ सकारात्मक सोंच : विहान ओच्छ्यानमा जाग्ने वित्तिकै तपाइँले आफ्ना सबैभन्दा महत्वपूर्ण कामको विषयमा चिन्तन गर्नुस् । उठ्नु अघि जहिले पनि आफ्ना सकारात्मक पक्षको बारेमा सोंच्नुस् र योजना बनाउनुस् । विहान उठ्ने वित्तिकै दिनभरी गर्ने कामबारे विचार गर्नुस् र सकारात्मक कुरामा मात्र जोड दिनुस् । आफूमा रहेका कमजोरी र बारे चिन्तन गरेपनि त्यसको समाधानको पाटोमा जोड दिनु पर्छ । आफ्ना कमजोरी सुधार्ने तरिकाबारे चिन्तन गरेर उठ्ने बेलामा दिमागलाई सकारात्मक बनाउँदा दिनभरी उर्जा कायम रहन्छ र आत्म विश्वास पनि बढ्छ ।

२ हरेक दिन नयाँ जन्म : जीवन छोँटो छ र हाम्रा जिम्मेवारी धेरै । हामीले धेरै काम भोलिका लागि साँच्छौं तर यस्तो बानी राम्रो होइन । यदि हामीले मृत्युको बारेमा एक पटक चिन्तन गर्यौं भने जीवनको महत्व र हामीले गर्नु पर्ने कामको अनुभूति बढी हुन्छ । यदि मृत्युप्रति चिन्तन गर्ने हो भने हामीले नकारात्मक काम गर्ने सम्भावना कम हुन्छ । यस्तो चिन्तनले अनुशासित पनि बनाउँछ ।

३ कार्यतालिका : विहान उठ्नु अघी आफूले दिन भरी गर्ने कामको सूची तयार पार्नुस् । यसो गर्दा अनावश्यक कुरामा समय वित्ने र नचाहिने काम गर्ने सम्भावना कम हुन्छ । गलत कुरामा मन गएको छ भने पनि कार्यतालिका बनाउँदा त्यसका लागि समय पुग्दैन र नकारात्मकताबाट बँचिन्