इटहरी । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत परिणाम सार्वजनिक भइरहेकाे अवस्थामा सुनसरीकाे इटहरी उपमहानगरमा भने शनीबार दिउसाे १२ : ५० देखि मत गणना सुरू गरिएकाे छ । उपमहानगरकाे सांस्कृतिक सभाहलबाट वडा नं १ र २० काे मत पेटिका खाेलिएकाे छ । 

शनीबार बिहान ९ बजेदेखि बसेकाे सर्वदलिय बैठक सकिए लगत्तै मत गण(ना सुरू गरिएकाे निर्वाचन अधिकृतकाे कार्यालय इटहरीले जनाएकाे छ । अबकाे केहि समय पछि मतगणनाकाे परिणाम सार्वजनिक गरिने पनि साे कार्यालयले जनाएकाे छ ।