इटहरी । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत सुनसरीको इटहरी उपमहानगरमा ७३,८२३मत खसेको छ । इटहरीको २० वटै वडामा रहेका २५ मतदानस्थलबाट शुक्रबार सो परिणामको मत खसेको हो । १ लाख ४ हजार ६२६ कुल मतदाता रहेको उपमहानगरमा ७३,८२३मतदाताहरूले मत खसालेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

बिहानै देखि भेला भएका मतदाताहरूले चर्को घाममा पनि सम्बन्धित मतदानस्थलहरूबाट आफुले चुनेको उम्मेद्वारलाइ जिताउन मतदान गरेका थिए । इटहरीको २५ मतदान स्थलमा बिहान साडे ७ बजेबाट मतदान सुरू भइ साडे ६ बजे सम्पनन भएको थियो ।

इटहरीको २० वटै वडामा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।सम्पन्न भएको मतदान अन्तरगत २५ वटा मतदानस्थलको १११ वटा मतदान केन्द्रबाट मत पेटिका सुरक्षित मतगणना स्थल सम्म ल्याइएको छ ।

मतगणना भने बैशाख ३१ गते शनिबार बिहान सर्वपक्षिय बैठक बसेर गरिने जनाइएको छ ।

कुन वडामा कति मत खस्यो

इटहरी १ जम्मा मतदाता संख्या : ४,१७७। खसेको मत : ३,०९१।

इटहरी २ जम्मा मतदाता संख्या : १०,५२६। खसेको मत : ७,१२३।

इटहरी ३ जम्मा मतदाता संख्या : ३,९४७। खसेको मत : २,९३१।

इटहरी ४ जम्मा मतदाता संख्या : ९,४७४। खसेको मत : ५,८२५।

इटहरी ५ जम्मा मतदाता संख्या : ११,०५२। खसेको मत : ७,१६३।

इटहरी ६ जम्मा मतदाता संख्या : ४,७६३। खसेको मत : ३,०४१।

इटहरी ७ जम्मा मतदाता संख्या : ३,२१७। खसेको मत : २,५०७।

इटहरी ८ जम्मा मतदाता संख्या : ५,६४३। खसेको मत : ४,०५०।

इटहरी ९ जम्मा मतदाता संख्या : ४,५९९। खसेको मत : ३,०७१।

इटहरी १० जम्मा मतदाता संख्या : ३,४६८ खसेको मत :२७६०।

इटहरी ११ जम्मा मतदाता संख्या : २९००। खसेको मत : २,२९०।

इटहरी १२ जम्मा मतदाता संख्या : १,९३७। खसेको मत : १,५१६।

इटहरी १३ जम्मा मतदाता संख्या : ४,३७२। खसेको मत : ३,५३७।

इटहरी १४ जम्मा मतदाता संख्या : ३,४९२। खसेको मत : २,७९७।

इटहरी १५ जम्मा मतदाता संख्या : २,०९५। खसेको मत : १,६७६।

इटहरी १६ जम्मा मतदाता संख्या : ५,३९१। खसेको मत : ४,२१८।

इटहरी १७ जम्मा मतदाता संख्या : ७,०२२। खसेको मत : ४,६५५।

इटहरी १८ जम्मा मतदाता संख्या : ३,४८४। खसेको मत : २,६५५।

इटहरी १९ जम्मा मतदाता संख्या : ५,७९५। खसेको मत : ४,००१।

इटहरी २० जम्मा मतदाता संख्या : ७,९७४। खसेको मत : ४,९१६।