पााँचथर । स्थानीय निर्वाचनको मौन अवधिमा पाँचथरको जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख तथा नेकपा एमालेका जिल्ला सचिब विष्णुप्रसाद सापकोटा बुधबार मध्यरातमा गाउँ छिरेपछि झडप भएको छ ।

मतदाता प्रभावित पार्नेगरि पैसा बाढ्दै हिडेको र कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोपमा पाँचथरको हिलिहाङमा झडप भएको हो ।

एमालेका सचिब सापकोटासहितका कार्यकर्ताहक्रु २३ वटा मोटरसाइकलमा हिलिहाङ गाउँपालिका ६ मा राति पुगेका थिए । पैसा बाड्दैगर्दा गठबन्धका कार्यकर्ताले भेटेपछि दोहोरो झडप भएको थियो ।

ए राती चुनाबी प्रचारमा एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समिति पाँचथरका प्रमूख बिष्णुप्रसाद सापकोटासहितको टोली गाँउ छिरेपछि कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको हो ।

सापकोटाले भने घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । उनले आरोप अस्विकार गरेपनि रातिको घटनाम उनी सहभागी रहेको भिडियो नै सार्वजनिक भएको छ ।