उर्लाबारी । नेपाल सरकारका प्रवता एवम संचार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उर्लाबारीको अधुरा काम पुरा गर्न खड्ग फागो ससदको टिकट त्यागेर एक कार्यकालका लागि मेयरमा उठेको बताए ।

सोमबार नेपाली काँग्रेस नगर समितिले उर्लाबारी ७ बरगाछीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले-“नेपाली काग्रेस बाट प्रदेश-१ सहमहामन्त्रीमा सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी बनेका फागोको स्थान ससदमा सुरक्षित थियो तर उनले पुनः एकपटक अधुरा काम पुरा गर्नु छ भनेपछि उनलाई काग्रेसले मेयरमा पठाएको हो ।”

पाँच वर्ष काम गरेर परिचित भइसकेका खड्ग फागोलाई पुनः मेयरमा जिताउन उनले उर्लाबारीबासीलाई आग्रह गर्दै भने-“ फागोका नगर विकासका योजना आफूले सुनेको बताउँदै कार्कीले भने, ‘उहाँको काम गर्ने इच्छा सुनेको छु । विगतमा असहयोग हुँदा हुँदै पनि उल्लेखनीय कार्य गर्न सक्नुभयो ।” पाँच वर्ष काम गर्ने क्रममा प्रदेश सरकारले लगातार असहयोग गरेको र संघीय सरकार अनुदार भएका कारण काम गर्न समस्या परेको उनले बताए ।

280269192_351373176875589_1223366795147599791_n

सभालाई सम्बोधन गर्दै उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले पाँच वर्षे कार्यकालमा आफूले साढे ३१ महिना मात्र काम गर्न पाएको बताए । उर्लाबारीको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्दा आफूमाथि विभिन्न अनर्गल प्रचार भएको बताउँदै फागोले नगरको विकासमा सिंह हुनु परे पनि तयार रहेको बताए । 

आफू नगर प्रमुख रहँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको उनले बताए । विपक्षीहरुले आफूमाथि विभिन्न भ्रम सिर्जना गरेको बताउँदै उनले सत्य कुराको पछि लाग्न नगरबासीलाई आग्रह गरे ।

विगतमा अल्पमतमा परेका कारण भनेजस्तो विकास गर्न नपाएको भन्दै फागोले अबको निर्वाचनमा बहुमतले निर्वाचित गराउन अनुरोध गरे । 

280111605_549263713224723_5593244816346994114_n

कार्यक्रममा सभामा काँग्रेसका केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति शंकर राई, उपमेयरकी उम्मेद्वार सीता कार्कीलगायतले मन्तव्य राखेका थिए ।

काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालनन नगर उपसभापति राजु लामाले गरेका थिए ।