बराहक्षेत्र : नेपाली कांग्रेस बराहक्षेत्र  वडा नम्बर ५ ले केही दिन देखी सुरु गरेको घरदैलो कार्यक्रमा स्थानीयले गरेका सबै समस्याहरू टिपोट गर्ने गरेको अध्यक्षका उम्मेदवार रोहित काफ्ले बताएका छन् । 
वडामा भएका समस्या आफूले  टिपोट गर्ने गरेका र उक्त समस्याको समधान गर्ने प्रतिवद्धता वडा अध्यक्षका उम्मेदवार काफ्ले बताएका छन् । 

वडा नम्बर ५ को वातावरणिक अवस्था , भौगोलिक समस्या , पूर्वाधार बिकाश का समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेपाली कांग्रेसबाट बराहक्षेत्र  वडा नम्बर ५ उम्मेदवार रोहित काफ्लेले घरदैलो अभियानमा जनताको समस्या टिपोट गर्ने गरेको बताएका छन् ।

वडा बासिको आयआर्जनमा सहज बनाउने र घर दैलो अभियानको क्रममा  जहाँ समस्या त्यहाँ समधान लगायतका एजेण्डा सहित आफ्ना सहयोगी सहित  घरदैलो अभियानमा रहेका छन ।

घरदैलो अभियानको क्रममा देखिएका समस्याहरु लाइ टिपोट गरि सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात सोही विषयमा समस्या सामधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारी राखेका हुन । 

बराहक्षेत्र वडा नम्बर ५ को समग्र बिकाशसमृद नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा वनाएर  शिक्षा, स्वास्थ्य, कृषि  तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई नगरमा  रहेका समस्याहरू समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै काग्रेसका वडा अध्यक्ष पदका उममेदवार काफ्ले मतदाताको घरदैलोमा पुगिरहेका छन । 

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा  बिभिन्न राजनीतिक दलहरूले आ आफ्नो एजेण्डाहरू बोकेर घरदैलो अभियानलाई तिव्रता दिदै आएका छन ।