मिलन घिमिरे 

पब्लिक हेल्थ नर्स  स्वास्थ्य कार्यालय, धनकुटा

नेपालमा नागरिकका हकहितसँग सम्बन्धीत धेरै निति, नियम तथा कानुनहरु निर्माण भएका छन्।यसमध्ये पनि महिला हकहितका सवालमा संविधानमा नै स्पष्ट व्यबस्था गरेको छ।महिला स्वास्थ्य सुरक्षाका सवालमा त झन विषेशाधिकार प्रदान गर्ने गरि सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ तथा सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावलि, २०७७ निर्माण भई कार्यान्वयनको चरणमा छ। 

तर के यसो भन्दै गर्दा यि र यस्त निति, नियम, ऐन तथा नियमावलिहरुको अनुभुति गाँउगाँउका महिलाहरुले गर्न पाएका छन् त्रु सवाल यहाँबाट शुरु गर्नुपर्छ जस्तो लाग्छ।।।।।।।।

समाजमा अहिले पनि बिभेद कायमै छ। महिलालाई भएका बिभिन्न रोगहरु पालेर घरब्यबहार सम्हालेर समाजको सानो एउटा कुनाभित्र सिमित रहेर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर लाजधक    मान्ने र आफुलाई लागेको रोगको बारेमा भन्न समेत डराउने कारणले महिलासँग सम्बन्धित रोगको विषय स्थानियस्तरको स्वास्थ्यसम्म पनि आउनसकिरहेको अवस्था छैन।

हामिले एकातिर यि र यस्ता समस्याहरुलाई स्वास्थ्य सस्थासम्म आउने वातावरण तयार गर्नुपर्ने अबस्था देखिन्छ भने अर्कोतिर स्वास्थ्य सस्थासम्म आएका सेवाग्राहि महिलालाई एकिकृत रुपमा प्रजनन् स्वास्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवाको प्याकेजभित्र राखेर सेवा प्रदान गर्ने वातावरण सृजना गर्नुपर्ने अवस्था देखिन्छ। किनकि महिला घरकि यस्ति खम्बा हुन जुन आफ्नो स्वास्थ्यको समेत परवाह नगरि घरको नितान्त पारिवारिक जिम्मेवारिमा उनिलाई समाजले रुमलिन बाध्य बनाएको छ । जसको कारणः(

# प्रत्येक महिलालाई  लामो समयदेखि रोग लुकाएर बस्नुपर्ने बाध्यता छ।

# उनिले आफ्नो समस्या घरपरिवारसँग खुलेर राख्न नसक्ने वाताबरण छ।

# खुलेर स्वास्थ्य सस्थासम्म जानलाई धेरै सामाजिक अबरोधहरु छन।

# महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनिएतापनि महिलाको पिडा पुरुषलाई अनुभुति नहुने र अनुभुत गर्न नखोज्ने देखिन्छ।

यि र यस्ता समस्याहरुको चाङ्ग बिध्यमान रहदै गर्दा प्रत्येक नितिगत स्थानमा महिला स्वास्थ्यको लभिङ्ग कम भएको देखिन्छ।यि र यस्ता विषयले महिला स्वास्थ्यको विषय ओझेलमा परेको छ।

यि सबै कानुनी निर्णयले हामिले हाम्रा दुरदराजसम्म रहेका सम्पुर्ण महिला दिदिबहिनिहरुलाई आङ्गखस्ने, प्रसव फिस्टुला, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरजस्ता समस्यालाई समयमा नै स्क्रिनिङ्ग तथा पहिचानको दायरामा ल्याई यि स्वास्थ्य समस्याबाट छुटकारा गराउन तथा उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकारि गराईएको छ।

यि र यस्ता स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय धनकुटाले संघिय सरकार तथा स्थानिय सरकारसँगको समन्वय, सहकार्य तथा सहअस्तित्वको सिद्दान्तलाई अनुशरण गरि आ।व। आ।व। ०७७र०७८ बाट एकिकृत प्रजनन स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ भन्ने उद्देश्यले जिल्लाका ५५ वटा सरकारि स्वस्थ्य सस्थाका १(१ जना स्वास्थ्यकर्मिलाई  एकिकृत प्रजनन स्वास्थ्य सेवा विस्तार सम्बन्धी तालिम सञ्चालन गर्यो।यस तालिममा पाठघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग ९ख्क्ष्ब्० जाँच, स्तन क्यान्सरको स्क्रिनिङ्ग ९ऋद्यभ् ७ क्द्यभ्०  जाँच र आङ्गखस्ने समस्या साथै प्रसव फिष्टुलाको पहिचान तथा कन्जरभेटिभ व्यबस्थापन र आवश्यक्तानुसार शल्यक्रियाका लागि प्रेषण सम्बन्धी विषय समावेश गरि सैदान्तिक तथा रियल महिलामा प्रयोगात्मक अभ्यास समेत गराई सेवाप्रदायकलाई सेवा प्रदान गर्न सक्छु भन्ने सम्मको ज्ञान, सिप र ईच्छाशक्ति बिकास गराई निजले आफु कार्यरत स्वास्थ्य सस्थाबाट सेवा प्रदान गर्न शुरु गरेकोमा हामिले यो मोडालिटिको सेवालाई यस आर्थिक वर्षभित्र यस जिल्लाका सम्पुर्ण नर्सिङ्ग कर्मचारीलाई दक्ष बनाई लक्षित समुहका महिलाहरुलाई एकपटक हाम्रो सेवाको दायरामा ल्याई स्क्रनिङ्ग गर्ने र स्क्रिनिङ्गबाट प्राप्त नतिजाको आधारमा आवश्यक व्यबस्थापन गर्ने भन्ने हाम्रो अभियान समेत रहेको छ।

 गत वर्षमा जब स्वास्थ्य कार्यालयले यस जिल्लामा यो मोडालिटिको स्वास्थ्य सेवा शुरुवात गर्यो यसवाट एउटा छुट्टै फरक प्रकृतिको नतिजा प्राप्त भएको को छ।यध्यपि अझै यसबाट थप सकारात्मक नतिजाको प्रतिक्षामा त हामि छौ नै तथापि ःयचलष्लन क्जयधक तजभ मबथक ९बिहानिले दिनको प्रतिबिम्बित गदर्छ०  भनेझै सेवा सुचारु तथा निरन्तरता गर्दैगर्दा यो मोडालिटिको सेवा अझ पहिलानै शुरु गर्न सकेको भए धेरै प्रभावकारि हुने रहेछ साथै अब नेपालका अन्य सबै स्वास्थ्य स्वास्थ्यबाट शुरु गर्नुपर्छ भन्ने हामिलाई महशुस भएको छ।किनकि सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य ऐन तथा नियमावलिले अंगिकार गरेको महिलाको प्रजनन स्वास्थ्यको विषयलाई उक्त सेवाको पँहुच लक्षित वर्गका महिलासम्म पुर्याउन सहज तथा उद्देश्य पुरा गर्न सकिने रहेछ भन्ने कुरा हामिलाइ लागेको हुनाले  यो फोरम मार्फत सबैलाई जानकारि पनि गराउन चाहन्छु। 

यो एकिकृत सेवा सुचारु गर्न र यसलाई निरन्तरता दिन र प्रत्येक महिलाले आफ्नो अनुकुल यि सवै सेवा एकैपटक लिन कसरि सहज र सरल छ र अन्य पनि विस्तार गर्नुपर्छ त भन्ने विषयलाई अलिकति प्रष्ट्याउन चाहन्छूः(

# एक स्वास्थ्यकर्मिलाई एउटै तालिमबाट चारवटा सेवा प्रदान गर्न सक्नेगरि दक्ष बनाउन सकिने ९व्यबस्थापन गर्न सहज०।

# एउटै स्वास्थ्यकर्मिबाट एक सेवाग्राहि महिलाले एउटै एक्सपोजरमा ९क्ष्लनभि ख्ष्कष्त ब्उउचयबअज० चारवटा सेवा मा सेवा प्राप्त गर्न सक्ने।

# स्वास्थ्य प्रणालिको सामुदायिक स्वास्थ्य प्रदान गर्ने पहिलो सस्था आधारभुत स्वास्थ्य सेवा ईकाईहरुबाट समेत यहि स्वास्थ्यकर्मिको संरचनाबाट दैनिक रुपमा सेवा उपलब्ध गराउन सकिने।

# यस मोडालिटिको सेवा दैनिक रुपमा उपलब्ध गराउदा समेत थप आर्थिक भार धेरै नलाग्ने।

पक्कै पनि फरक नतिजाको अपेक्षासहित शुरु गरिएका कदमहरुमा केहि कठिनाईहरु त अबश्यनै आउछन नै, तदनुरुप हामिले पनि केहि अवरोधहरु, केहि समस्याहरु, केहि ब्यबधानहरु त फेस गर्यौः( जस्तै

# एउटा स्वास्थ्य सस्थाबाट एक जना मात्र स्वास्थ्यकर्मिलाई दक्ष बनाउन सकियो जसको कारण उहाँ बिरामि वा विदामा हुँदा सेवा अबरोध हुने भयो  बजेट

# सेवा सुचारु तथा निरन्तरताका लागि थोरै खर्च लाग्ने औजार उपकरणहरु ९ सिलिकन रिङ्ग पेसरि, स्पोन्ज होल्डर, डक्स स्प्याकुलम, एसेटिक एसिड तथा क्ष्लाभअतष्यल उचभखभलतष्यल का औजार उपकरण० को पनि अभाब हुनु ।

# सरोकारवालालाई विश्वास दिलाउन कठिन  सेवाग्राहि महिला चेतनास्तरको कमि तथा लाजधकको कारण जाँच गर्न हिचकिचाउनु।

# स्वास्थ्यमा तालिम लिएका स्वास्थ्यकर्मिमात्र उक्तसेवाको गुणस्तरियता तथा प्रवाहका लागि जिम्मेवार हुन भन्ने मानसिकताका कारण। स्वास्थ्यप्रणालिभित्र परम्परागत सोच कायम रहनु

कुनै पनि लक्ष पुरा गर्न निति, योजना तथा बजेट एउटा पाटो हो भने कुनैपनि योजनाको कार्यान्वयन मुख्य विषय जस्तो लाग्छ।जहाँसम्म महिला स्वास्थ्यका कुरा आउछन।

यसमा स्थानिय सरकारको महत्त्वपुर्ण भुमिका हुन्छ।किनकि प्रत्येक महिलाको पहुँच स्थानियस्तरसम्म जति सरल र सहज हुन्छ, ठुलाठुला स्वास्थ्य सस्थासम्मको पँहुच त्यति नै गार्हो हुन्छ।त्यसैले महिला स्वास्थ्यसँग सम्बन्धित यि र यस्ता प्रकारका सेवाहरु स्थानिय तहमार्फत शुरु गर्दा अझ प्रभावकारि र दिगो हुने भएको हुनाले म यो सन्देश मार्फत सबै स्थानिय तहका जिम्मेवार व्यक्तित्त्वहरुलाई यि र यस प्रकारका सेवाहरु एकिकृत रुपमा सञ्चालन गर्नेगरि आगामि आ।ब।मा निति तथा योजना बनाउनहुन तदनुरुप बजेट बिनियोजन गर्नहुन समेत बिनम्र अनुरोध गर्दछु।