उर्लाबारी । नेपाली काग्रेसबाट पुनः उर्लाबारीको मयेर पदमा उम्मेदवारी दिएका खड्ग फागोले जनतासमक्ष बहुमतले विजयी गराइदिन अनुरोध गर्दै नगरपालिका कार्यालयदेखि सबै वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने बताए । 

अघिल्लो कार्यकालमा आफु अल्पमतमा परेका कारण सोचेका धेरै योजनाहरुलाई कार्यान्वयन गराउन सकस भएको भन्दै मेयरका उम्मेदवार फागोले यस पटक नेपाली काग्रेसलाई बहुमत दिलाईदिन आग्रह गरेका छन् ।

उनले भने-“नेपाली काग्रेसलाई बहुमत दिनुहोस हामी उर्लाबारीका ५ ठाउमा आवश्यताका आधारमा आकाशे पुल निर्माण र नगरपालिका कार्यलयदेखी वडा कार्यालय सम्म जाने सडकलाई कालोपत्रेको माध्यमबाट जोड्छौँ।”

यस्तै सोही क्रममा उम्मेदवार फागोले आफु निर्वाचित भएर आएपछि आफूले उर्लाबारीमा गुण्डागर्दी अन्त्य गरेको उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले बताएका छन् । 

उनले नेकपा एमालेबाट मेयरमा उम्मेदवार बनेका गंगा प्रसाद खरेललाई ईकित गर्दै भने-“गुण्डागर्दी र चन्दा आतंक अन्त्य गर्छु भन्नु सस्तो लोकप्रियताका लागि मात्र हो।” उर्लाबारीको गुण्डागर्दीको अन्त्य कस्ले गरेको छ जनाताले बुझेका छन् । 

आफू मेयर पदमा रहँदा पाँच वर्षको अवधिमा विभिन्न बाधा अवरोधबीच पनि उल्लेखनीय कार्य गरेको बताउँदै मेयरका उम्मेद्वार फागोले गर्न बाँकी धेरै कुरा भएकोले पुनः एक पटक जिताएर समृद्ध उर्लाबारी बनाउने अभियानमा सहभागी हुन उनले मतदातालाई आग्रह गरे । 

279884336_528264702300860_6396130420836331212_n

सुकुम्बासी जहाँ बसेका छन्, त्यही ठाउँका जग्गाको धनीपूर्जा वितरण गर्ने उनले बताए । ‘धनीपूर्जा वितरण गर्न ९७ प्रतिशत काम पूरा भएको छ’ उनले भने, ‘निर्वाचन आचारसंहिताका कारण वितरण गर्न सकिएन, चुनावपछि लगत्तै वितरण हुन्छ ।’ जसका लागि ५ हजार २१५ परिवारको लगत संकलन गरिसकिएको उनले बताए । 

अब आफ्नो नेतृत्वमा काँग्रेसलाई बहुमत दिन आग्रह गर्दै उनले निर्वाचित भएपश्चात अति गरिब, सामान्य र मध्यम गरिबीको डाटा संकलन गरेर निःशुल्क स्वास्थ्य बिमा गरिने बताए । 

साथै, उपचार गर्न पैसा अभाव भयो भनेर भन्ने दिनको अन्त्य गर्ने उनले बताए । २५ युनिटसम्मको विद्युत र गरिब विपन्नलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउँदै उनले खानेपानीको धारा जडानमा ५० प्रतिशत सहुलियत प्रदान गरिने जनाए । उर्लाबारीका दुर्गापुरी, इटहरा रोड, मधुमल्ला रोड, नगरपालिका कार्यालय अगाडि, स्कुल डाँडा र मंगलबारेमा आकासे पुल निर्माण गर्ने उनको भनाई थियो । उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेद्वारलाई बहुमतले विजयी गराउन आग्रह गर्दै उनले विपन्न वर्गका नागरिकहरुको जीवनस्तर उकास्न सीपविकास तालिमहरु सञ्चालन गर्ने बताए ।    

नेकपा एमालेबाट मेयरका उम्मेद्वार रहेका गंगाप्रसाद खरेलप्रति लक्षित गर्दै मेयरका उम्मेद्वार फागोले भने, ‘आफ्नै घरअगाडि आफैँले गरेको कालोपत्रे भत्केको थाहा छैन, नगरपालिकाले निर्माण गरेको कालोपत्रे भत्कियो भनेर भ्रम छर्दै हिँडेका छन् ।’ प्लटिङ व्यवसायीले कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउँछु भन्नु हाँस्यास्पद भएको उनले बताए ।