मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका गंगा खरेलको भाषण शैली अनौठो र उटपट्याङ रहेको छ ।

चुनवी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको कोण सभालाई सम्वोधन गर्ने क्रममा मेयर पदका उम्मेदवार खरेलले टेबुलमाथी चढेर भाषण गरेको फोटो यतिवेला समाजिक संजालमा विवादित बनेको छ ।

विवाद सगै सो फोटो भाईरल पनि बनेको छ । उनको यो शैली हास्यास्पद र अनुशासनहिन भएको तर्क यतिवेला संजालमा चल्न थालेको छ ।

विध्यार्थी जिवनमा कक्षा १/२ मा पढ्ने साना बालबालिकाहरुले विध्यालको डेक्ससमा चढेर को ठुलो भनेर आफ्नो बालापन प्रस्तुत गरे झै मेयर पदका उम्मेदवार खरेलले पनि टेवलमाथि चढेर म अग्लो भए, ठुलो भए पर सम्म प्रष्ट देख्न सक्छु भनेर आफ्नो उचाइ देखाएका होलान !  भनेर यतिवेला चिया पसल र जक्सनहरुमा हासी, मजाक र मनोरञ्जनको खुराक बन्ने गरेको छ ।

मोरङ जिल्लाकै दोस्रो ठुलो शहरका रुपमा रहेको उर्लाबारी नगरपालिकाको मेयर जस्तो सम्मानित र अनुशासित पदमा उम्मेदवारी दिएका खरेलको यो भाषण शैलीले उनको अनुशासन र मर्यादा माथि नै प्रश्न चिन्ह खडा गरेको छ। 

७४ हजार भन्दा उर्लाबारी बासीको अभिभावकका रुपमा मेयर पदमा उम्मेदवारी दिएका खरेलको यस्तो प्रवृतिले भोलिका दिनमा उर्लाबारी बासीले उनिबाट कस्तो अनुशासन र मर्यादा सिक्ने भन्ने अन्योलता सृजना भएको छ । 

उनको यो शैलीले विज्ञान  र प्रविधिको युगमा सामाजिक संजाल  प्रयोगकर्ता बालबालिका र किशोरकिशोरीको मस्तीष्कमा नकरात्मक असर पार्ने दिखेन्छ ।

हुनत नेपालीमा एउटा उखान पनि छ बस्न पाए भनेर थ्याच्च नवस्नु र थुक्न पाए भनेर पिच्च नथुक्नु भन्ने तर यहा मेयर पदका उम्मेदवारले नै भाषण गर्ने अवसर मिल्यो भन्दैमा आफ्नो मर्यादाक्रमलाई विर्सेर कहा उभिने कहा टेक्ने समेत विचार नगरी टेवुल माथी नै चढेर भाषण ठोकेर मजाकको पात्र बनेका छन् ।