इटहरी । भारतको दार्जेलिङमा युथ अफ दार्जेलिङको आयोजनामा सुरु भएको दार्जेलिङ स्नोकर टुडामेन्टमा नेपालका स्नोकर खेलाडीहरुले पनि प्रतिस्पर्धा गरिरहेका छन ।

   नेपाल र भारतका विभिन्न ठाउँका ६५ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपालका सात जना खेलाडीहरु पनि प्रतिस्पर्धामा रहेका हुन ।279450978_1050507322510164_58320290776236526_n

 नेपालका खेलाडीहरुमा सोम लामा,सविन,संदिप,राजन लगायतको सहभागिता रहेका छन । 

स्नोकार खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीहरु सहभागिता गराउने मुख्य उद्धेश्य सहित नेपालको सुनसरीको इटहरीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना गर्दै आएकोमा सहभागी ब्रदर्श स्नोकर इटहरीका सञ्चालक कृष्ण गुप्ताले नेपाली खेलाडीहरुको अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता वढाउने मद्धत पुग्ने वताए ।279228429_1148167095725037_6425908944261213729_n

  आयोजक युथ अफ दार्जेलिङका अध्यक्ष साइमन रेग्मीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताका विजेता खेलाडीले नगद ७०हजार र ट्रफि ,उपविजेताले ३५हजार नगद र ट्रफि , सेमीफाइनलमा सहभागी खेलाडीले ७५ सय र हाइयस्ट बेक्र गर्ने खेलाडीलाई नगद १०हजारले पुरस्कृत गरिने छ ।