सुनसरी/ प्रदेश एकका विभिन्न जिल्लामा विपद पूर्व तयारीका लागी आवश्यक सञ्चार सामाग्री हस्तान्तरण गरिएको छ ।
प्रदेश एक का मुख्य जोखिममा रहेका जिल्ला सुनसरी, उदयपुर र धनकुटामा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र लाई जोखिम न्यूनिकरण तथा व्यवस्थापनका  लागी आवश्यक सामाग्री हस्तातरण गरेको हो । एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट र राष्ट्रिय व्यवसायिक पहलको साझेदारितामा सम्भावित मुख्य क्षेत्रहरूमा भि एच एफ सेट, एच एफ सेट , भि एच एफ हान्डहेल्ड सेट, डिस्प्ले मनिटर , सोलार पि .भि प्यानल, ब्याट्री, सोलार हाइब्रिड, यु पि एस , प्रिन्टर, लागाएत इन्टरनेट सेवा र अपरेटिङ कम्प्युटर समेत प्रदान गरिएको थियो ।

नेपाल भौगोलिक हिसाबले विपदको उच्च जोखिममा पर्ने भएकाले विपदका बेला सूचना प्रवाह गर्न छिटो र प्रभावकारी हुन नसक्दा ठुलो जनधनको क्षेति बेहोेर्नु परेको हुनाले त्यो क्षतिबाट रोकथाम गर्न सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले बताउनु भएको छ ।

 त्यस्तैगरी प्रदेश न १ को आन्तरिक मामिला मन्त्रालयको प्रदेश विपद व्यबस्थापन समितिलाई समेत सञ्चार सामाग्री प्रदान गरिएको थियो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई विपद जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन सम्बन्धी सञ्चार सामाग्री प्रदान गरि विपदका बेलामा सूचना प्रणालीलाई व्यवस्थित बनाउन समेत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रदेश एक का यि सम्भावित जोखिम जिल्लाहरूमा बर्षेनि ठुलो जन भनको क्षति हुने गरको छ यसको मुख्य कारण भनेको जिल्लामा आवश्यक विपद रोकथाम तथा नियन्त्रणका लागी सुरक्षा निकाय र सरोकार वाला निकाय विच आवश्यक सामाग्री नहुनु हो । यसरी सरकारी वा गैर सरकारी संस्थाबाट आवश्यक सामाग्री जिल्लामा आउनु विपद रोकथाम तथा व्यवस्थापनका सहयोग भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भएको छ ।

एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट र राष्ट्रिय व्यवसायिक पहलले विगत लामो समयबाट बाढि पहिलो , भुकम्प, आगलागी जस्ता विपदका बेलामा कामहरू गदै आएको छ ।
278837251_1421757628255468_119801773192533551_n
278575780_1155075691974307_4164638578667626594_n278837251_1421757628255468_119801773192533551_n
278612889_530297855272378_8777890296779935500_n
278734961_685291519405978_431706333789025691_n
278831227_1139263283533749_3198141351584091161_n 278788740_320149840188401_8757632775043747843_n
278719489_1402405500201199_21869158309808100_n