उर्लाबारी । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।

विराटनगरमा आइतबार सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन् । सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन् । महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन् ।

बुढाथोकी उर्लाबारी-२ निवाशी पुर्व राष्ट्रिय खेलाडी हुन् ।