उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका यति वेला नागरिकको स्वास्थ्यलाई ध्यान दिदै डेंगु नियन्त्रण अभियानमा लागेको छ ।

दिनप्रतिदिनको बढ्दो गर्मी मौषमका कारण समुदाय स्तरमा लामखुट्टेको बढ्दो प्रभावले डेंगु र स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण कालाजार रोग लाग्ने गर्दछ ।

यि दुवै रोग प्राणघातक रोगको सुचिमा रहेका छन् समयमै उपचार पाएन भने यो रोगबाट ग्रसित प्राय सवैको मृत्यु निश्चित हुने भएका कारण   नगरपालिकाले डेंगु र कालाजार नियन्त्रणका लागि औषधी छर्कने कार्य गरिरहेको छ ।

जस अन्र्तगत वडा नम्वर ५ र ६ मा अभियान सम्पन्न् भएको छ भने शनिवार देखी वडा नम्वर ७ मा अभियान थालनी गरिएको छ ।

औषधी छर्कने कार्यमा वडा नम्वर-७ का अध्यक्ष वीरवल थापा आफ्नो वडामा स्वयम खटिएका छन् । अध्यक्ष थापाले शनिवार र आईतवार गरेर २ चरणमा औषधि छर्कने तयारी रहेका कारण सवै वडा वासीलाई औषधी छर्कने समयमा घरका भm्यालढोका पुणर् रुपमा खोलेर सहयोग गरीदिन आग्रह गरेका छन् ।

स्थानिय सरकारको पहिलो प्राथमिकता नै नागरिकको स्वास्थ्य भएका कारण विषेश गरी डेंगु, कालाजार तथा लामखुट्टेको टोकाईबाट सर्ने अन्य प्राणघातक रोगहरुबाट पालिका बासीलाई बचाउने उद्देश्यका साथ डेंगुको औषधि छर्कने काम नगरपालिकाले गरेको नगर प्रमुख खड्ग फागोले बताए । साथै उनले प्रत्येक वडामा तालिका बनाएर सवै वडाको टोलटोलमा औषधी छर्कने बताए ।

278136796_1670499663290275_8306836056197394180_n 1

औषधी छर्कने कार्यमा मेयर फागोले नगरपालिकालाई फिर्ता गरेको को १ झ ५७० नम्वरको गाडी प्रयोग भएको छ । उनले चढ्दै आएको गाडी कोरोना संक्रमणताका पनि अक्सिजन सिलिन्डर ओसारपसार र राहत वितरणमा प्रयोग हुने गर्दथ्यो ।