मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा सञ्चालन भईरहेको वडाध्यक्ष गोल्डकप प्रतियोगिताको उपाधि वडा नम्बर १० टिमले उचालेको छ ।

    सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६को आयोजनामा यही चैत्र १३ गते देखि सुरु भएको प्रतियोगिताको फाइनलमा सह आयोजक सिद्धार्थ युवा समाज क्लवलाई एक शुन्य गोल अन्तरले पछि पार्दै वडा नम्बर १०ले उपाधि हात पारेको हो ।vlcsnap-2022-04-08-15h41m20s562

    सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आथ्यि तथा वडा नम्बर ६का वडाध्यक्ष जिवन राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता वडा नम्बर १० टिमले नगद ५० हजार , शिल्ड त्यसै गरी उपविजेता सिद्धार्थ युवा समाज क्लवले ३०हजार र शिल्ड प्रदान गरियो । vlcsnap-2022-04-08-15h40m26s714सोही कार्यक्रममा सुन्दरहरैचा नगर क्षेत्रका  खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने खेलाडीहरुमा पुर्व राष्ट्रिय फुटवल खेलाडी शम्भु गुरुङ पुर्व खेलाडी लक्ष्मी नारायण चौधरी उसु खेलका खेलाडी कृष्ण तामाङ लगायत सम्मान गरियो । समापन कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 


((