मधुमल्ला  । मोरङ मिक्लाजुङको मधुमल्लामा नव बर्ष २०७९ को अवसर पारेर  प्रथम मधुमल्ला गोल्डकप हुने भएको छ ।  

बिहिबार पत्रकार सम्मेल ागनरी आयोजकले बैसाख २ गते शुक्रबार देखी प्रथम मधुमल्ला गोल्ड कप २०७९  सचालन हुने आयोजकले जनाएको छ ।

मधुमल्लामा पहिलो पटक हुन गइरहेको गोल्ड कपको तयारि तिब्र पारिएको बिहिबार पत्रकार सम्मेलन मार्फत आयोजक इस्ट स्टार स्पोटिङ क्लवले बताएको छ  ।

स्थानिय श्री मनोेहर जनता माबिको खेल मैदानमा हुने खेलमा खेलम ए डिभीजनको १ सहित अन्य ७ गरी ८ टिमको सहभागिता रहने खेल संयोजक सागर लुइटेलले बताए । 

खेलमा आयोजक इस्ट स्टार स्पोडीङ क्लब मधुमल्ला , रोयल स्पोटिङ दमक, बिजय युथ क्लब हेटौडा, राजा फुटबल क्लब सुनसरी, कर्शाङ फुटबल क्लब भारत, जर्ज बोइज युनाइटेड क्लब काठमाण्डौं , पुलीस क्लब रानी र जलथल फुटबल क्लब झापा खेलमा सहभागी हुने भएका छन् ।

दैनीक पाँच हजार दर्शक उर्ताने तयारीका साथ यति बेला आयोजक प्याराफिट निर्माण र ग्राउण्डको स्तरउन्नतीमा लागेको इष्ट स्टार स्पोटिङ क्लबका अध्यक्ष शुसन खड्काले बताए । 

खेल हेर्न आउने दर्शक हरुका लागि प्रबेश शुल्क पहिलो चरणको खेलमा रु ५० त्यस्तै सेमि फाइनल र फाइनल खेलमा १०० देखि १५० सम्म हुने  खेल संयोजक लुइटेलको भनाई छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३ सय ३३ र रनरअप हुनेले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।