विराटनगर । विराटनगरका सञ्चारकर्मी तथा मैथिली निर्देशक हुसेन सेख यस वर्षको उत्कृष्ट मैथिली निर्देशक अवार्डबाट सम्मानित भएका छन् ।

काठमाडौंस्थित एभरेष्ट होटलमा आइतबार आयोजित ५औं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक (निम)अवार्ड २०७८ बाट उनलाई सम्मान गरिएको हो । सेखले मैथिली साङगितीक क्षेत्रमा निर्देशनको माध्यमबाट योगदान गरेको भन्दै आयोजक संस्थाले उनलाई सम्मान गरेको हो ।

बिगत एक दशकदेखि सञ्चारक्षेत्रमा लागेका सेख पत्रकारिता गर्नुका साथै नेपाली तथा मैथिली म्युजिक इण्डस्ट्रिमा पनि एउटा सफल सम्पादन र निर्देशकमा आफ्नो नाम बनाउन सफल भएका छन् । सेखले अहिलेसम्म नेपाली, मैथिली र भोजपुरी गरेर सयौं गीत सम्पादन गरिसकेका छन् भने १० वटा गीत निर्देशन पनि गरिसकेका छन् । निमले उनलाई ‘धोका हमरा कियाँ दएलौं’ गीतका लागि अवार्ड प्रदान गरेको हो ।