मोरङ । मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगिता समापन भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा २ दिने प्रतियोगिता गरिएको थियो। 

प्रतियोगितामा १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।

तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।

कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा प्रतियोगिताहरुबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदयमान खेलाडीको पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । vlcsnap-2022-03-27-11h00m55s025

शनिबार भएको फाइनल खेलमा आयोजक तिनपैनी तेक्वान्दो डोजांगले  ९ स्वर्ण, २ रजत र  १  कास्य हात परे भने सुनसरीले ३ स्वर्ण र मोरंगले २ रजत र ४ कास्य हात पारेको डोजांग प्रमुख सुजन कार्कीले जानकारी दिए ्। 

 त्यसै गरि प्रथम हुने लाई १५ हजार ५ रुपैयाँ , दोश्रो हुने लाई १० हजार ५ रुपैयाँ र तेश्रो हुने लाई ५ हजार ५ रुपैयाँ नगद पुरस्कार र ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्

उत्कृष्ट रेफ्रीमा बिमल गुरुङ घोषित भएका छन् भने उत्कृष्ट खेलाडी पुरुष तर्फ मनिस तामाङ र महिला तर्फ पवित्रा श्रेष्ठ घोषित भएका छन्। 

कार्यक्रममा सुन्दरहरैचा नगर पालिकाका प्रमुख शिव प्रसाद ढकालले पुरस्कार,ट्रफी,मेडल र प्रमाण पत्र बितरण गर्दै खेल क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले बजेट बियोजन गर्दै खेलाडीको मनोबल गिर्न नदिने र यस्ता खेलकुदका कार्यक्रम स्वास्थ्य जीवन र राष्ट्रिय स्तरलाई चिनाउन ठुलो टेवा पुग्ने बताए ।