उर्लाबारी । मोरङको उर्लाबारी ४ मा रहेको पाथीभरा युवा क्लवले स्थानिय वडाको खेलकुदको विकासका लागि सहयोग गरेको  छ ।

क्वलले उर्लाबरी-४ मा फुटबल र व्याटमिन्टन खेल खेल्ने ६ वटा टिमलाई जर्सी वितरण गरेको हो ।

उर्लाबारी नगरपालिकाको सहयोगमा प्राप्त जर्सीलाई क्लवले फुटवल र ब्याटमिन्टनको ३/३ टिम बनाई जर्सी वितरण गरेको सचिब युनिस अधिकारीले बताए । 

कार्यक्रम क्लवको प्रमुख सल्लाहकार कुमार घिमिरे को उपस्तिथिमा सम्पन्न् भएको थियो । उमेर समूह अनुसार फुटबल को ३ समुह र ब्याडमिन्टनको ३ समुहल अभ्यास गर्ने क्वलले जनाएको छ ।