मोरङ । मोरङको सुन्दर हरैचा नगर पालिका ५ बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वाण्दो प्रतियोगिता सुरु भएको छ ।

  तिनपैनी तेक्वाण्दो डोजाङको आयोजनामा दुई दिने प्रतियोगिता सुरु भएको हो ।

१२ जिल्लाका १२ तेक्वाण्दो डोजाङको  सहभागिता रहने प्रतियोगिता तिनपैनी डोजङका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षता तथा नेपाली काग्रेस मोरङ क्षेत्र नम्वर ६ का सभापति देवराज तामाङको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको हो ।IMG_1750

   तेक्वाण्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका छन भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा हुने मुख्य निर्णायक ज्ञानेन्द्र विकले जानकारी दिए । IMG_1774शनिवार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन सत्रमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ वडा नम्बर ५का राम रिजाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।