इटहरी । खेलका माध्यमबाट समाजिक कार्य गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा मारवाडी युवा मञ्च इटहरीले आयोजना गर्न लागेको ६ ओभरको क्रिकेट प्रतियोगितामा दर्शक पुरस्कृत हुने भएका छन ।  

     इटहरी क्षेत्रका दुर्गम स्थानमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारीको समयमा विद्यालयमै निशुल्क सेनेटरी प्याड उपलव्ध गराउने मुख्य उद्धेश्य राखेर आयोजना गर्न लागिएको प्रतियोगिता हेर्न आउने दर्शक मध्येवाट एक जना भाग्यशाली दर्शकलाई पुरस्कृत गरिने भएको हो ।

   प्रतियोगिताका विषयमा जानकारी गराउन इटहरीको होटल इनटुरिष्टमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक निशान्त खेडियाले आठ वटा टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिमबाट ६ जना खेलाडी र ६ ओभरको खेल हुने जानकारी गराए ।IMG_1728

प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको र प्रतियोगिता हेर्न आउने दर्शकहरु मध्येवाट भाग्यशाली एक जना दर्शकलाई नगद ५हजारले पुरस्कृत गरिने समेत संयोजक खेडियाले वताए ।

मारवाडी समुदायका मात्र खेलाडी सहभागी रहने प्रतियोगितामा ८वटा टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । जसमा इटहरी , विराटनगर र दुहवीका दुई दुई टिम र धरान र विर्तामोडका एक एक टिम रहने छ । आगामी शनिवार आयोजना हुने प्रतियोगिता सो दिन समापन हुने समेत आयोजक संस्थाले जनाएको छ ।

   आगामी दिनमा अझ ठुला प्रतियोगिताहरुको आयोजना समेत गर्ने लक्ष्य सहित ६ ओभरको क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउदै प्रतियोगिता सकिएपछि इटहरीका विकट क्षेत्रमा रहेका केही विद्यालयमा किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गर्ने लगायतका योजना रहेको समेत जनाइयो ।

त्यसै गरी बलत्कार जस्ता जघन्य अपराधबाट किशोरीहरुलाई स्वयम सुरक्षीत रहने विषयमा विद्यालयमा सुरक्षाकर्मीहरुसंग छलफल , सेनेटरी प्याडको प्रयोग र प्याड प्रयोगका महत्वका विषयमा विज्ञहरुसंग छलफलसंगै सेनेटरी प्याड विरतण गरिने समेत वताइयो ।

पत्रकार सम्मेलनमा माडवारी युवा मञ्च इटहरीका उपाध्यक्ष बिक्की धनावत , महासचिव रविश साहेवाला, कोषाध्यक्ष अमित खेडिया , क्रिकेट संघ सुनसरीका अध्यक्ष चेतनाथ पौडेलको समेत उपस्थिती रहेको थियो ।