इटहरी । दक्ष खेलाडी उत्पादन गर्न युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको  इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन ।

 ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन ।20220312_150331

  प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सस्करण समापन कार्यक्रम ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश नेउपानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो ।20220312_150506

  यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा प्रमथ हुने धरानका पाख्रीनलाई ३० हजार नगद पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने विराटनगरका कर्णलाई  १०हजार नगद सहित शिल्ड प्रमाण पत्र प्रदान गरियो । त्यसै गरी प्तियोगितामा तेस्रो र शान्त्वना हुने खेलाडीलाई  ५हजार नगर सहित प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी , अध्यक्ष लगायत अतिथीहरुले प्रदान गरेका थिए ।  

  समापन कार्यक्रममा राष्ट्रिय स्नोकर जज टिकालाल श्रेस्ठ,ब्रोदर्श स्नोकर हाउसका रोमन राई, जीवन नेउपाने युवा सन्जालका पुर्व अध्यक्ष लोकेन्द्र कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।